१. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय कहिले गरेका हुन् ?
* सन् २०२५ जनवरी २०
*अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा शपथ लिएपछि उनले अमेरिकालाई डब्लुएचओबाट बाहिर निकाल्ने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि सङ्गठनबाट अमेरिकालाई अलग गरेका थिए ।
*ट्रम्पले सोही दिन पेरिस जलवायु सम्झौता परित्याग गर्ने आदेशमा पनि हस्ताक्षर गरेका ।
*विश्लेषकहरूले विश्वको दोस्रो ठुलो हरितगृह ग्यास उत्सर्जक मुलुक अमेरिका सम्झौताबाट बाहिरिनु जलवायु परिवर्तनविरुद्धको लडाइँका लागि ठुलो धक्का भएको बताएका । ट्रम्प आफ्नो पहिलो कार्यकालमा पनि ऐतिहासिक जलवायु सम्झौताबाट बाहिरिएका थिए । जो बाइडेन सत्तामा आएपछि ट्रम्पका दुवै निर्णय उल्ट्याएका थिए ।
२. नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो ?
*विराटनगर जुट मिल
३. नेपाल आयल निगम लिमिटेडको स्थापना कहिले भएको हो ?
*वि.सं.२०२७ पुस २६
*वि.सं. २०२७ पुस २६ गते कम्पनी ऐन, २०२१ अन्तर्गत प्राइभेट कम्पनीका रूपमा यसको स्थापना भएको ।
*निगम वि.सं. २०३३ साउन ६ गते पब्लिक कम्पनीका रूपमा परिवर्तन भएको ।
४. वसन्त र पतझड नामक कृतिका लेखक को हुन् ?
*कन्फ्युसियस
५. ‘रातो कर माफ गर' भन्ने आन्दोलन के सँग सम्बन्धित छ ?
*सेनेटरी प्याडको मूल्य
६. सार्सको पूरा रूप के हो ?
*सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम
*सन् २००२ को नोभेम्बरदेखि २००३ सम्म फैलिएको सार्सबाट १७ देशका ७७४ जनाको निधन भएको ।
७. मुटुको धमनीमा आएको अवरोध वा बन्द धमनीलाई चिरफार नगरी खुलाउने विधिलाई के भनिन्छ ?
*एन्जियोप्लास्टी
८. राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?
*वि.सं. २०६५ वैशाख २२
९. दुई फरक गुण भएका जीवहरूबिच प्रजनन गराई ठिमाहा उत्पादन गर्ने प्रक्रियालाई के भनिन्छ ?
*हाइब्रिडाइजेसन
१०. प्राचीन कालको 'रामचरित्र मानस' र आधुनिक कालको 'कृष्णायन' कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ?
*अवधि
११. कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ?
*महाभारत पर्वत
*(मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति र तल भासिएको भागलाई सन्नति भनिने ।)
१२. मोबाइल एप्स, कम्प्युटर सफ्टवेयरलगायतका डिजिटल उत्पादनमा रहेका 'बग' अर्थात् सुरक्षा कमजोरी पत्ता लगाउन र ठुलो क्षतिबाट बच्न कम्पनीहरूले सञ्चालन गर्ने प्रोग्रामलाई के भनी चिनिन्छ ?
*बग बाउन्टी प्रोग्राम
*कमजोरी पत्ता लगाउन ती कम्पनीहरूले बग बाउन्टी प्रतियोगिता राख्ने गर्छन् र त्यसका लागि निमन्त्रणा दिने गर्छन् ।
*यस कार्यमा साइबर सुरक्षामा दिग्गज इथिकल ह्याकरदेखि भर्खर यस क्षेत्रमा रुचि राख्ने जोसुकैले सहभागिता जनाउन सक्छन् ।
*यसरी डिजिटल उत्पादनमा रहेका छिद्र वा कमजोरी भेटिएमा त्यस कम्पनीलाई खबर गरिन्छ र त्यस्तो कमजोरी भेट्टाउने पहिलो व्यक्ति बन्न सक्नेलाई सो कम्पनीले घोषणा गरेको रकम प्रदान गर्छ, जसलाई बग बाउन्टी रिवार्ड भनिन्छ ।
*गुगल, फेसबुक, माइक्रोसफ्टलगायतका टेक कम्पनीहरूले नियमित रूपमा यस्तो प्रोग्राम सञ्चालन गर्ने गर्छन् ।
१३. नेपालमा एसएलसी बोर्डको स्थापना कहिले भएको हो ?
*वि.सं. १९९० कात्तिक १६
१४. इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर कहिले सार्वजनिक गरिएको हो ?
*सन् २०१९ अप्रिल १०
*ब्ल्याक होल अन्तरिक्षमा भएको यस्तो गुरुत्वाकर्षण क्षेत्र हो, जहाँ अत्यधिक गुरुत्वबलका कारण प्रकाश पनि बाहिरिन सक्दैन ।
*वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होल निर्माण हुन्छ। ब्ल्याक होलको वरिपरि गणितीय हिसाबका आधारमा प्रमाणित गरिएको काल्पनिक सतह हुन्छ, जसलाई इभेन्ट होराइजन भनिन्छ ।
*यो क्षेत्रमा पुगेपछि कुनै पनि वस्तु बाहिर आउन सक्दैन । त्यसैले यो क्षेत्रलाई प्वाइन्ट अफ नो रिटर्न को संज्ञा दिइएको हो ।
१५. एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को स्थापना कहिले भएको हो ?
*सन् १९८९
*यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको।
*यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको ।
१६. कहिल्यै आँखा नचिम्लने जीव माछा हो भने कहिल्यै आँसु नझार्ने जीव कुन हो ?
*चिम्पान्जी
१७. अरब राष्ट्रबिच आर्थिक राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो ?
*सन् १९४५ मार्च २२
*( यसको प्रधान कार्यालय इजिप्टको कायरोमा रहेको ।)
१८. भारतको उत्तर प्रदेश राज्यको आगरास्थित प्रसिद्ध ताजमहलको निर्माण कसले गरेका हुन् ?
*मुगल शासक शाहजहाँ
*मुगल शासक शाहजहाँद्वारा आफ्नी रानी मुमताजको सम्झनामा बनाइएको यस महलको डिजाइन पर्सियन मुस्लिम वास्तुविद उस्ताद अहमद लाहौरीले गरेका । यसको निर्माण अवधि सन् १६३२- १६४८ रहेको । विश्वका सात आश्चर्यमध्येमा पर्ने ताजमहल सन् १९८३ मा विश्व सम्पदा सूचीमा समावेश गरिएको ।
*दी जेवेल अफ मुस्लिम आर्ट इन इन्डिया पनि भनिने यस ताजमहलमा बर्सेने एक करोड भन्दा बढी पर्यटकले भ्रमण गर्ने ।
१९. "जीवन साइकलको सवारी जस्तै हो, जसमा सन्तुलन कायम राख्न निरन्तर चलिरहनु आवश्यक छ ।" भन्ने भनाइ कसको हो ?
*अल्बर्ट आइन्स्टाइन, वैज्ञानिक
२०. विश्व व्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलो पटक कहिले गरियो ?
*सन् २०१२
*नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बरमा भएको ।
*डब्लुटिओमा अल्पविकसित सदस्य राष्ट्रको व्यापार नीतिको समीक्षा हरेक छ/छ वर्षमा हुने गरेको।
२१. नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको जन्म कहाँ भएको हो ?
*काभ्रेपलाञ्चोक
*काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकास्थित भमरकोटमा सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रूपमा विसं १८४५ पुस १५ गते उनको जन्म भएको थियो। उनको बुबापट्टिका हजुरबुबा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुबा अमरसिंह थापा हुन्। उनी नेपाली सेनाको पुरानो गोरख गणको कप्तान थिए । यिनी नेपाल ब्रिटिस युद्धमा नालापानीको रक्षार्थ नेपालको तर्फबाट करिब छ सय जनाको नेतृत्व गर्दै खटिएका थिए ।
*नेपाली फौजको तुलनामा लगभग आठ गुणा शक्तिशाली सैनिकसँग नेपाली फौज युद्धमा होमिएको थियो । उक्त युद्धमा अङ्ग्रेज फौजतर्फ ठुलो क्षति भएको थियो । सो युद्धमा नेपालीहरूको हार भए पनि नेपाली वीरताको कदर गर्दै अङ्ग्रेज फौजले हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीहरूको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरेको थियो ।
*उनले दुन उपत्यकाको रक्षाका लागि दुन उपत्यका भन्दा झन्डै आठ किमी उत्तरको उच्च स्थानमा रहेको खलङ्गामा किल्ला बनाई अङ्ग्रेजसँग लडेका थिए । राष्ट्रिय विभूति बलभद्रको विसं १८७९ चैत २८ मा निधन भएको थियो ।
२२. सन् २००५ मा इराकमा भएको आन्दोलनलाई के नामले चिनिन्छ ?
* पर्पल रिभोलुसन
*(सन् १९८६ मा फिलिपिन्समा भएको आन्दोलनलाई यल्लो रिभोलुसन, जर्जियामा सन् २००३ मा भएको आन्दोलनलाई रोज रिभोलुसन, सन् २००४ नोभेम्बर २२ - २००५ जनवरी २३ सम्म युक्रेनमा भएको आन्दोलनलाई अरेन्ज रिभोलुसन, सन् २००५ मा किर्गिस्तानमा भएको आन्दोलनलाई टुलिप ( कतै कतै पिक रिभोलुसन) रिभोलुसन तथा सन् २०११ मा इजिप्टमा भएको आन्दोलनलाई लोटस रिभोलुसन भनी चिनिने ।)
२३. नेपालमा प्रिन्टिङ प्रेसको सुरुवात कहिले भएको हो ?
*वि.सं. १९०८
*यो प्रेस राणा प्रधानमन्त्री जङ्गबहादुरले बेलायतबाट ल्याएका ।
*यसको शिरमा गिद्धको चित्र भएकाले यसलाई गिद्धे प्रेस भनेर चिनिने यसलाई थापाथली दरबारमा स्थापना गरिएको थियो ।
*गिद्धे प्रेसपछि दोस्रो प्रेसका रूपमा मनोरञ्जन प्रेस' स्थापना भएको ।
२४. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कहाँ रहेको छ ?
*जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा
*(दुर्गम एवं पिछडिएको क्षेत्रमा सहज रूपमा स्वास्थ्य सेवाको पहुँच पुयाउन, स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा सर्वसाधारण जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विसं २०६८ मा यस प्रतिष्ठानको स्थापना गरिएको ।)
२५. विश्वको इतिहासमा मानव अधिकारको सम्बन्धमा पहिलो लिखित दस्ताबेज कुनलाई मानिन्छ ?
*म्याग्नाकार्टा
२६. दोस्रो जनआन्दोलन कहिलेदेखि कहिलेसम्म चलेको थियो ?
*वि.सं. २०६२ चैत २४ २०६३ वैशाख ११ (१९ दिनसम्म चलेको)
२७. ‘विजार्ड अफ नर्थ' भनी क्यानडाका सर वाल्टर स्कटलाई चिनिन्छ भने ‘अङ्कल हो’ भनी कसलाई चिनिन्छ?
*हो ची मिन्ह (भियतनाम)
२८. पोताला दरबार कहाँ रहेको छ ?
* ल्हासा, चीन
*चीनको स्वशासित प्रदेश तिब्बतको राजधानी ल्हासामा रहेको यो दरबारको प्रारम्भिक निर्माण सम्राट् सङचङ गम्पोले सन् ६३७ तिर गरेका उनी नेपालकी राजकुमारी भृकुटीका पति थिए ।
*यो दरबार कालान्तरमा तिब्बती धर्मगुरु दलाई लामाको नियन्त्रणमा पर्न गयो ।
*पोताला दरबार सन् १९९४ मा विश्व सम्पदा सूचीमा समावेश भएको ।
१. लैंगिक हिंसामा परेका महिला र किशोरीलाई सुरक्षित रूपमा राख्न 'मगला सहाना पुनर्स्थापन केन्द्र' को स्थापना कहाँ गरिने भएको छ? * सूर्यविनायक भक्तपुर
२. 'सहायता वित्त पोषण' अन्तर्गत 'अनुदान' र 'सहुलियत ऋण' को विकल्प खुला राखी 'फ्रेमवर्क फर बेल्ट एन्ड रोडको अपरेसन' मा नेपाल र चीनबिच कहिले हस्ताक्षर भएको हो? * विसं २०५१ मङ्सिर १९ (सन् २०२४ डिसेम्बर ४)
३. सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङको ब्रेक थ्रु कहिले भएको हो? * वि.सं. २०५१ माघ ११
४. राष्ट्रिय योजना आयोगले मुलुकको समग्र विकासका लागि कति वटा विषयगत क्षेत्र पहिचान गर्दै दिगो विकासको लक्ष्य पूरा गर्न सबैलाई सँगै डोर्याउने योजनासहित अघि बढेको छ? * १३
५. तावा भन्ज्याङ-टेम्के-मैयुङ-साल्पा-सिलिचुङ पदमार्गलाई के नामले चिनिन्छ? * मुन्दुम ट्रेलमार्ग
६. सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस कहिले मनाइन्छ? * माघ १४ (बि.स. २०६९ पुस १६ को मन्त्रीपरिषद्को निर्णय)
७. कृषि विकास बैकको स्थापना कहिले भएको हो? * वि.सं. २०२४ माघ ७
८. युरोप तथा अमेरिकी क्षेत्रबाहिर आयोजित पहिलो विश्वकप फुटबल कुन हो? * १७ औं विश्वकप - २००२ (जापान र दक्षिण कोरियामा संयुक्त रूपमा)
९. चीन र भारतबिच निर्धारण गरिएको सीमा रेखालाई के भनी चिनिन्छ? * मेक मोहन लाइन
१०. अफ्रिका महादेशको घाँसे मैदानलाई के भनी चिनिन्छ? * भेल्ड
११. सिंहदरबारलाई नेपाल सरकारको कार्यालयका रूपमा कहिलेदेखि प्रयोग गर्न थालिएको हो? * विसं २००७
१२. ट्रान्सपरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ रहेको छ? * बर्लिन (जर्मनी)
१३. देश र महादेशको नाम एउटै भएको देश कुन हो? अस्ट्रेलिया
१४. भित्ते पात्रोको प्रचलन कुन देशबाट सुरु भएको हो? * इजिप्ट
१५. नेपालको चीनसँग दौत्य सम्बन्ध कहिले कायम भएको हो? * सन् १९५५ अगस्ट * नेपाल र चीन बिच शान्ति तथा मैत्री सन्धि सन् १९६० अप्रिल २५ मा भएको। * नेपाल र चीनबिच सिमा सम्बन्धी सम्झौता सन् १९६१ मा भएको। * नेपाल र चीनबिच सीमा सम्बन्धी प्रोटोकलमा सन् १९७२ मा हस्ताक्षर भएको ।
१६. नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को सदस्य कहिले बनेको हो? * ४ सन् १९७५ * विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को स्थापना सन् १९७५ जनवरी २ मा भएको। * यसको प्रधान कार्यालय स्पेनको मेड्रिडमा रहेको।
१७. विदेशबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो पत्रिका कुन हो? गोरखाभारत जीवन * नेपालमा नै छापिएर प्रकाशित (विसं १९५५) पहिलो पत्रिका सुधासागर हो। * नेपालको पहिलो मासिक पत्रिका सुधासागर हो। * नेपालको पहिलो साप्ताहिक गोरखापत्र हो ।
१८. बागवानीका एन्टिभाइरस भनी कसलाई चिनिन्छ? * बागवानीविज्ञ मुकुन्द रञ्जित
१९. विश्वको पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन्? अनुसेह अन्सारी
२०. पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ? * परिभ्रमण (पृथ्वीले २६ घण्टा ५६ मिनेट ४.०९ सेकेन्डमा आफ्नो अक्षमा एक पटक घुम्छ ।
२१. मनसुनी वायु कति प्रकारका हुन्छन्? * दुई (ग्रिष्मकालीन मनसुन र शीतकालीन मनसुन)
२२. शाहवंशीय इतिहासमा सबभन्दा लामो समय शासन गर्ने राजा को हुन्? * श्री ५ त्रिभुवन
२३. नेपालमा सहिद दिवस कहिले मनाइन्छ? * माघ १६
१. नेपालमा पहिलो पटक विद्युतीय बस सेवा सुरु गरिएको शहर कुन हो? * काठमाडौं